यसरी विकास हुन्छ केटाकेटीको आनीबानी र स्वभाव

एक बालिकालाई उनका पिताले खेलौना चिम्पान्जी जन्मदिनमा दिन्छन्। त्यस उपहारले ती बालिकाको प्रकृतिको अध्ययन गर्ने स्वभावको आरम्भ गर्छ। जेन गोडालले पाएको त्यो जुबिली नाम गरेको खेलौना चिम्पान्जी उनको प्रेरणाको श्रोत बन्छ। जेन गोडालले आफ्नो जीवन तान्जानियामा यही प्राणीको खोज र अनुसन्धानमा लगाउँछिन्। उनको अध्ययन प्राणीको स्वभाव, प्रकृतिको संरक्षण सबैका लागि अध्ययन र प्रेरणा बन्छ। जेन गोडालको प्राणीशास्त्र र इकोलोजीमा अतुलनीय योगदान छ। ()

Continue Readingयसरी विकास हुन्छ केटाकेटीको आनीबानी र स्वभाव

महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरुको एक विशेष पर्व हो

–मानसिंह धामीः महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरुको एक विशेष पर्व हो। महाशिवरात्रि प्रत्येक बर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ। शिवरात्रिमा श्रद्धालुहरु रातभर जाग्राम बसेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन्। कतिपय रातभर उपवास बस्छन्। शिवलिंगलाई पानी र बेलपत्र चढाएर पूजा गरिन्छ। महिलाका लागि  शिवरात्रीको विशेष महत्त्व रहेको छ। अविवाहित युवतीहरु शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन्। विवाहित महिला आफ्ना पति र परिवारको मंगलमय कामना गर्छन्। धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रीमा भगवान शंकर ब्रह्माबाट रुद्रको रुपमा अवतरण भएका थिए। प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नृत्य गर्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका गरेका थिए। यसैले यस दिनलाई महाशिवरात्री वा कालरात्री भनिन्छ। महाशिवरात्रीमा काठमाण्डौको पशुपतिनाथमा ठुलो मेला…

Continue Readingमहाशिवरात्रि हिन्दु धर्मावलम्बीहरुको एक विशेष पर्व हो

साविक डोटी जिल्ला शिखर नगरपालिका जन्मनु

साविक डोटी जिल्ला शिखर नगरपालिका जन्मनु भई हाल अमेरिकाको टेक्सास निवासी नेपाल सरकारका पूर्व जिल्ला शिक्षा अधिकारी श्री भोज बहादुर बलायर, पिएचडी., ज्यूसंग धनगढी उप-महानगरपालिकाको शैक्षिक सुधारका विषयमा छलफल एवम् अनुभव आदान प्रदान गरियो ।मिति २०८० फागुन २६ गते शनिबार ()

Continue Readingसाविक डोटी जिल्ला शिखर नगरपालिका जन्मनु

हाम्रो धनगढी हामी बनाउछाैं

धनगढी- १ भवानी टोलमा सामाजिक परिचालक श्री भागेश्वरी उप्रेतीको नेतृत्वमा स्थानीयहरू संग फोहर ब्यस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरियो। २०८० फागुन २६ गत ()

Continue Readingहाम्रो धनगढी हामी बनाउछाैं

कैलाली मोडेल तेक्वान्दो डोजाङबाट शिवपुरी धाममा सरसफाइ 

उदाहरणका लागि, बालबालिकाको पठन स्वभावलाई लिऔं। अभिभावकहरूको पठन स्वभाव छ, पुस्तक सस्वर पढिदिन्छन् भने बालबालिकामा पनि पठन संस्कृति क्रमशः विकास हुँदै आउने अध्ययनहरूले देखाएका छन्। विद्यार्थीका आनिबानीबाट पनि तिनका अभिभावकको स्वभावलाई कुनै हदसम्म प्रक्षेपण गर्न सकिने अध्ययनले देखाउँछ। उदाहरणका लागि, परिवारले सामाजिक-आर्थिक दबाबमा गर्ने व्यवहारले बालबालिकाले बानी, रहनसहनमा अभावको असर प्रस्ट देखाउँछन्। यसरी केटाकेटीको र घरका सदस्यहरूको स्वभावमा समानुपातिक सम्बन्ध कायम हुन्छ। ()

Continue Readingकैलाली मोडेल तेक्वान्दो डोजाङबाट शिवपुरी धाममा सरसफाइ 

महाशिवरात्री तथा २६१ औं नेपाली सेना दिवस

महाशिवरात्री तथा २६१ औं नेपाली सेना दिवसको अवसरमा श्री सुदूरपश्चिम पृतना हे.क्वा.द्वारा आयोजना गरिएको विविध "सैनिक प्रदर्शनी तथा UNITY RUN-2080" कार्यक्रममा २०८० फाल्गुन २६ गते ()

Continue Readingमहाशिवरात्री तथा २६१ औं नेपाली सेना दिवस