नि: शुल्क क्यान्सर हेल्थ क्याम्पमा २६८ जनाले सेवा प्राप्त गरेका गरे ।
धनगढी उपमहानगरपालिका र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको समन्वयमा आज मिति २०८१ साल जेठ महिना ११ गते धनगढी उपमहानगरपालिका १२ नवदुर्गा आ.वि. जुगेडा वि गाउमा सञ्चालन भएको निशुल्क क्यान्सर हेल्थ क्याम्पमा २३८ महिला ३० पुरुष गरी कुल २६८ जनाले सेवा प्राप्त गरेका छन । जसमा ७८ जनाले भिडियो एक्सरे सेवा, ८३ जनाले VIA सेवा प्राप्त गरेका थिए । कुल सेवाग्राही मध्ये ६ जना शंकास्पदलाइ थप जाचका लागी रेफर गरिएको छ