नि: शुल्क क्यान्सर हेल्थ क्याम्पमा २६८ जनाले सेवा प्राप्त गरेका गरे ।

धनगढी उप­महानगरपालिका र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको समन्वयमा आज मिति २०८१ साल जेठ महिना ११ गते धनगढी उप­महानगरपालिका १२ नवदुर्गा आ.वि. जुगेडा वि गाउमा सञ्चालन भएको निशुल्क क्यान्सर हेल्थ क्याम्पमा २३८ महिला ३० पुरुष गरी कुल २६८ जनाले सेवा प्राप्त गरेका छन । जसमा ७८ जनाले भिडियो एक्सरे सेवा, ८३ जनाले VIA सेवा प्राप्त गरेका थिए । कुल सेवाग्राही मध्ये ६ जना शंकास्पदलाइ थप जाचका लागी रेफर गरिएको छ

Continue Readingनि: शुल्क क्यान्सर हेल्थ क्याम्पमा २६८ जनाले सेवा प्राप्त गरेका गरे ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को २३ औं‌ बार्षिकोत्सवको अवसरमा धनगढी उप- महानगरपालिकालाई रू. ५०००००/- हस्तान्तरण |

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को २३ औं‌ बार्षिकोत्सव को अवसरमा उक्त कम्पनि .लि का सुदुरश्चिम प्रदेश प्रमुख श्री दिपक राज भट्ट, शाखा प्रवन्धक श्री गणेश राज अवस्थी, बरिष्ठ एजेन्सी मेनेजर श्री मदन भट्ट, पेशागत बिमा अभिकर्ता संघ प्रेदश अध्यक्ष धर्मान्द पन्तज्युको उपस्थितिमा वृक्षारोपणका लागि रू. ५०००००/- हस्तान्तरण गर्नु भएको छ | साथै आगामी दिनहरुमा पनि धनगढी उप-महानगरपालिकाको बिभिन्न सामाजिक कार्यक्रमहरुमा सहभागी हुने प्रतिद्बता समेत गर्नु भएकोमा धनगढी उप-महानगरपालिकाको तर्हाफबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु |

Continue Readingनेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. को २३ औं‌ बार्षिकोत्सवको अवसरमा धनगढी उप- महानगरपालिकालाई रू. ५०००००/- हस्तान्तरण |

धनगढीमा क्यान्सर हेल्थ क्याम्प संचालन हुने सम्बन्धी सुचना

यही मिति २०८१ साल जेठ ११ गते शुक्रबारका दिन नवदुर्गा आ.बि. बि.गाउ जुगेडामा र २०८१ साल जेठ १२ गते शनिवारका धनगढी­११, शहरी स्वास्थ्य केन्द्र घोड्सुवामा क्यान्सर हेल्थ क्याम्प संचालन हुने भएकाले उक्त शिविरमा गइ निशुल्क सेवा लिन हुन सम्पुर्णमा अनुरोध छ 

Continue Readingधनगढीमा क्यान्सर हेल्थ क्याम्प संचालन हुने सम्बन्धी सुचना

धनगढीलाई जेरो वेष्ट सिटिज नेटवर्कको सदस्यता मिल्योधनगढी:

अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सबाट धनगढी उपमहानगरपालिकालाई सदस्यता प्रदान गरेको छ। फोहरमैलाको उचित व्यवस्थापन गरेको भन्दै धनगढीलाई जेरो वेष्ट सिटिज नेटवर्कक संस्थापक सदस्याता मिलेको हो। उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी गरिरहेको प्रयास एवं स्वच्छता सम्बन्धी पहललाई कदर गर्दै जेरो वेष्ट सिटिज नेटवर्कको फाउन्डेसन मेम्बरको सदस्यता मिलेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।जेरो वेष्ट सिटिज नेटवर्कमा हालसम्म विश्वका ५५० सहर आबद्ध रहेका छन् । नेपालका धनगढीसहित अन्य २ नगरपालिका आबद्ध छन्।

Continue Readingधनगढीलाई जेरो वेष्ट सिटिज नेटवर्कको सदस्यता मिल्योधनगढी: